Tuesday, June 2News That Matters

प्रभाव दैनिकका सम्पादक पत्रकार कमलराज राईको निधन

पूर्णपुष्टि, माघ २१
लामो समय देखी राजधानीमा रहेर सक्रिया पत्रकारमा लागेको कमलराज राईको हृदय घातका कारण बिहिबार निधन भएको छ । राईको उपचारको क्रममा नेपाल भारत मैत्री अस्पतालमा निधन भएको नेपाल पत्रकार माहासंघले जनाएको छ । हृदयघातका कारण ४५ वर्षको अल्पायुमै निधन भएको महासंघका महासचिव रोसन पुरीले जनकारी दिए ।

माघ २० गते बिहीबार दिउँसो हृदयघात भएपछि उपचारका लागि तत्काल मित्रपार्कस्थित नेपाल(भारत मैत्री अस्पताल पुर्‍याइए थियो । पत्रकार राईको उपचारकै क्रममा सोही दिन दिउँसो ४ बजे निधन भएको हो । राई पछिल्लो समय प्रभाव दैनिकमा सम्पादकका रूपमा कार्यरत थिए ।