Tuesday, June 2News That Matters

राष्ट्रिय फुटवल टोलीका प्रशिक्षक अल्मुताईरीलाई नेपाल सरकारले गर्यो सम्मान

पूर्णपुष्टि, माघ २१
नेपाली राष्ट्रिय फुटवल टोलीका प्रशिक्षक अबदुल्लाह अल्मुताइरी नेपाल सरकार बाट सम्मान्नीत भएका छन् । उनलाई शुक्रबार नेपाल सरकारका प्रधानमन्त्री शेर वहादुर देउवाले नगद र सम्मान पत्र हस्तान्तरण गरेको छ ।

सम्मान पाएपछि अल्मुताईरीले खुसी व्यक्त गरेको छ । उनले आफ्नो फेसवुक मार्फत प्रधानमन्त्री शेर बहादुर देउवा र खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई मधुसुधन उपाध्यायसंगै भेट्न पाउँदा सम्मान पाएको कुरा जनाएको छ ।
प्रधानामन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा साफ बीमामा उप(विजेता बनेको नेपाली टोलीका प्रशिक्षक अल्मुताइरीलाई नगदसहित सम्मान गरेका थिए ।

अलमुताइरीको प्रशिक्षणमा नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो । गत अक्टोबरमा माल्दिभ्समा भएको साफमा नेपाल फाइनल पुग्दै इतिहास रचेको थियो । तर फाइनलमा भने भारतसंग पराजित भयो।
इतिहास रच्न सफल टोलीका खेलाडीलाई जनही ५ लाख तथा प्रशिक्षकलाई ३ लाख पुरस्कार र अफिसियललाई प्रमाणपत्र हस्तान्तरण गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो । सम्मान कार्यक्रमा प्रधानमन्त्री देउवा सहित खेलकुद मन्त्री गहतराज समेत उपस्थिति थिए ।