Thursday, June 25News That Matters

करेन्ट लागि १ जनाको मृत्यु

पूर्णपुष्टि, माघ ७
मोरङको रतुवामाई नगरपालिका–९ स्थितमा पानी तान्ने ट्युवेलमा करेन्ट लागि १ जनाको ज्यान गएको छ । पुर्व रुकुम घुमे गाउँपालिका–७ का २५ वर्षीय मदन श्रेष्ठको करेन्टलागेर ज्यान गएको हो । हिजो बेलुका ६ बजे रतुवामाई–९ स्थित बक्राहा खोलाको निर्माणाधिन झोलुङ्गे पुलमा काम गर्दै आएका कामदार मदन श्रेष्ठ खोलाको डिलमा गाडेको मोटर जडान भएको पानी तान्ने ट्युवेल चलाउदा करेन्ट लागि घाईते भएका थिए । श्रेष्ठलाई तत्काल उपचारको लागि अरनिको अस्पताल उर्लाबारी लगिएकोमा उपचारको क्रममा ज्यान गएको अस्पतालले जनाएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।