Tuesday, June 2News That Matters

लागुऔषधसहित तीनजना पक्राउ

पूर्णपुष्टि, माघ ७
झापाको बिर्तामोड नगरपालिका–४ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् । अर्जुन्धारा नगरपालिका–१० का २३ वर्षीय सुदिप ठकुरी, २३ वर्षीया उषा राई, बुद्धशान्ति गाउँपालिका–४ का २७ वर्षीय पुर्णलाल लिम्बु पक्राउ परेका हुन् । हिजो राती ८ बजे विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले संकालागि चेक जाँच गर्ने क्रममा निजहरुको साथबाट ५ ग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर बरामद गरेको हो । लागुऔधसहित पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।