Tuesday, June 2News That Matters

नेपालबाट मोबाइल एप्लिकेशनमार्फत अमेरिकामा जुवा खेलाउने गिरोह पक्राउ

पूर्णपुष्टि, माघ ७
नेपालबाटै मोबाइल एप्लिकेशनमार्फत अमेरिकामा जुवा खेलाउने एक गिरोह पक्राउ परेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाले मोबाइल एप्लिकेशन चलाएर अमेरिकामा जुवा खेलाएको अभियोगमा १२ जनालाई पक्राउ गरेको हो ।
महाशाखाका नुसार पक्राउ पर्नेमा नेपालका मुख्य नाइके सुजेन्द्र थापा, प्रदीपमान सिंह बस्नेत, बुद्ध महर्जनसहित मनिष थापा, समिर थापा, कविता थापा, रविन खड्का, रोजा महर्जन, शाहिल महर्जन, हनिशा महर्जन, विनोद ठगुन्ना र रमादेवी श्रेष्ठ छन् ।
उनीहरुले कम्तिमा १० डलर वा त्योभन्दा बढी राखेर खेल्नुपर्ने गरी मोबाइल एप्लिकेशन चलाइरहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यो सबै बनाउने एक जना व्यक्ति पनि अमेरिकामै रहेको बुझिएको छ, अहिले समातिएकाले नेपालमार्फत जुवा खेलाउने काम गरिरहेका थिए ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।