
पूर्णपुष्टि, कार्तिक ४
करेन्ट लागेर सप्तरीमा एकै परिवारका ४ जना गम्भिर घाइते भएका छन् । सदरमुकाम राजविराज नगरपालिका–६ मा विहिबार बिहान करेन्ट लाग्दा एकै परिवारका ४ जना गम्भिर घाइते भएका हुन् ।
आफ्नै घरको छतमा झुण्डिएको होडिङ बोर्ड हावाले झरेर नजिकै रहेको ११ हजार भोल्टको विद्युतीय तारमा ठोक्किएको थियो । त्यो होडिङ बोर्ड हटाउने क्रममा ४० वर्षीय शिव नारायण साहलाई करेन्ट लागेको थियो ।
साहलाई करेन्ट लागेपछि छुटाउन जाँदा उनकी ३५ वर्षीया श्रीमती संतोसी साह, ३८ वर्षीया भाउजु राजकुमारी साह र भतिजो १८ वर्षीय रक्षित साहलाई पनि करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
करेन्ट लागेर सिकिस्त भएका चारै जनाको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

