
पूर्णपुष्टि, कार्तिक ४
लगातार परेको वर्षाका कारण आएको बाढीमा डुबेर सप्तरीमा एक युवक बेपत्ता भएको छ । हनुमानगर कंकालिनी नगरपालिका–९ का २३ वर्षीय लालु मण्डल सोही नगरपालिका–१४ स्थित जीता खोलाले बगाउँदा बेपत्ता भएका हो ।
स्थानीय सञ्जीवकुमार मण्डलसँगै तिलाठीबाट रम्पुरा मल्हनियाँतर्फ जाँदै गर्दा जीता खोला तर्न लागेका थिए । सोही क्रममा दुबैलाई खोलाले बगाएका प्रहरीले जनाएको छ ।
सञ्जीव पौडी खेलेर बाहिर निस्किएपनि लालुलाई खोलाले बगाई बेपत्ता बनाएको प्रहरीले जनाएको छ । सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले बेपत्ता भएकाको खोजी भइरहेको जानकारी दिनुभएको छ ।

