
मोरङ, कार्तिक २२
मोरङका छुट्टाछुट्टै दुई ठाउँमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
हिजो दिउँसो पौने ३ बजेको समयमा उर्लावारी–९ मा रहेको मावा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा स्थानीय ३५ बर्षीय बिनोद परियारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।
माछा मार्ने क्रममा करेन्ट लागी घाईते भएका परियारलाई उपचारको लागी अरनिको अस्पताल लगि उपचारको क्रममा सवा ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी पथरीशनिश्चरे–८ शुक्रवारेमा बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर सुनसरी रामधूनी–८ का ४५ सबुरलाल चौधरीको मृत्यु भएको छ ।
हिजो बेलुका ६ बजेको समयमा पथरीशनिश्चरे–८ का राजनारायण चौधरीको घरमा बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर घाईते भएका चौधरीलाई उपचारको लागी मोरङ अस्पताल पथरीमा उपचारको क्रममा बेलुका साँढे ६ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
