Thursday, July 2News That Matters

कोरोनाबाट धरानमा थप १ महिलाको मृत्यु

पूर्णपुष्टि, कात्तिक २२

कोरोना संक्रमणबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररत ६७ वर्षीया महिलाको मृत्यु भएको छ ।
सुनसरीको धरान उपमहानगरपालिका–९ घर भएकी महिलाको शुक्रबार साँझ ६ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानको कोभिड अस्पतालमा यही कात्तिक १८ गते भर्ना भएकी ती महिलामा भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनमा डायबिटिज र मानसिक सम्बन्धी समस्या पनि थियो ।