
पुर्णपुष्टि, भदौ २४
सुनसरी इटहरी उपमहानगरपालिका १७ बडहरा की ५०बर्षीया लता कुमारी श्रेष्ठको करेन्ट लागी मृत्यु भएको छ ।
आज दिउसो साढे १ बजे आफ्नै घर आगनको कलमा भाडा माझ्ने क्रममा मोटरबाट करेन्ट लागी घाईते भएकी उनलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको छ ।
