
पूर्णपुष्टि, भदौ २४ ।
नेकपा एकिकृत समाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले नकेपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अनेक गल्ती दोहोर्याएर विभाजन गराएको दोष लगाएका छन् । सुध्रिएला की भनेर पटक पटक सहदा पनि नसुध्रिए पछि कम्युनिष्ट अस्तित्व रक्षाका लागि नेकपा एस बनाएको खतिवडाले बताए । अध्यक्ष ओलीले विचार, आदर्श ख्याल नगरेको र संगठन अराजक पारेका भन्दै सिद्धान्त, राजनीतिमा र संगठनात्मक क्रियाकलापमा गम्भिर मतभेद भएपछि आफुहरुले विद्रोह गरेको उनले बताए । देशलाई समाजवादी दृष्टिकोणले राजनीति अघि बढाउने उनले बताए । अवको युग पार्टीको हैन, एजेन्डाको भएको बताउनुभयो । राम्रो एजेन्डाका साथ आफ्नो पार्टी अगाडी बढेकाले जनतामाझ छिटै लोकप्रीय हुने दावी गरे ।
उनले यो विभाजन एकतामा परिणत हुन नसक्ने पनि बताएका छन् । ओली र उसको नेतृत्वको एमाले सिद्धान्तमै विचलित भइसकेको बताए । सुर्य चिन्ह कुनै सिद्धान्त, आदर्श नरहेको, मतदिने एउटा संकेत मात्र भएकोले त्यसलाई महत्वका साथ हेर्न जरुरी नरहेको बताएका खतिवडाले तर, जनतामाझ सुर्य चिन्हलाई लोकप्रिय बनाउन लाखौ जनताको योगदान र भुमिका रहेको बताए । अव कुनै एउटा चिन्ह रोजेर नेकपा एस अघि बढ्ने र सोही चिन्हमा केन्द्रित हुन आव्हान गरे । (विस्तृत कुराकानी हेर्नका लागि माथिको लिंकमा जानुहोस् ।)
