
पूर्णपुष्टि, भदै २२
मोरङ मिक्लाजुङ्ग गाऊपालिका ६ का २९ बर्षीय दिपक लिम्बुको करेन्ट लागेर मृत्यु भएको छ ।
हिजो दिउसो साढे १ बजे आफ्नै घर कोठामा बिजुलीको बत्ति बनाउने क्रममा करेन्ट लागी घाईते भएका उनको गोदावारी अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय उर्लाबारीले थप अनुसन्धान गरिरहेको छ ।
