Thursday, June 11News That Matters

कलङ्कीमा टिप्परको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

काठमाण्डौँ, बैशाख २८

काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकमा टिप्परको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार बा ५ ख ७३४५ नं को टिप्परले बा ८० प ६३७३ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ धुनिबँेशी नगरपालिका–२ का ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको हो । उक्त दुर्घटनापछि टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । (रासस)