Thursday, June 11News That Matters

काग्रेसको निर्णय : उपराष्ट्रपति निर्वाचनमा रामसहायप्रसाद यादवलाई भोट दिने

पूर्णपुष्टि, चैत १ । उपराष्ट्रपति निर्वाचनमा नेपाली काग्रेसले जनता समाजवादी पार्टीका उम्मेदवार रामसहायप्रसाद यादवलाई भोट दिने निर्णय गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले गठबन्धनबाट साझ उम्मेदवार बनेका यादवलाई मत दिने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेसले पार्टीबाट प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभामा निर्वाचित भएका सदस्यहरूलाई यादवका पक्षमा मतदान गर्न निर्देशनसमेत दिएको छ।