Tuesday, April 21News That Matters

काग्रेसबाट राष्ट्रपतिको उम्मेदवार दल बाहिरका व्यक्ति बनाउनुपर्छ : शेखर कोईराला

पूर्णपुष्टि, फागुन ९ गते । कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार दल बाहिरका व्यक्तिलाई बनाउनु पर्ने नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले बताए । आज बिहान (मंगलबार) नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा सो धारण कोईरालाले राखेका छन् । सो भेटघाट कार्यक्रम युनियनल सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा गरेको हो ।

कांग्रेसबाट सम्भावित राष्ट्रपतिको रुपमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम चर्चामा रहेको बेला कोईरालाले गैरदलीय व्यक्ति राष्ट्रपतिको उम्मेदवार हुनुपर्ने बताएका छन् । राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने कोईरालाले बताएका छन् । उहाँका अनुसार त्यस्तो सम्भावना कांग्रेसको उम्मेदवारमा मात्रै सम्भव हुने बताए ।

यही फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ । निर्वाचनका लागी फागुन १३ गतेलाई उम्मेदवारी दर्ता तोकिएको छ भने दलहरु उम्मेदवार चयनको रस्साकस्सीमा लागिरहेका छन् ।