Tuesday, April 21News That Matters

नेपालमा बैज्ञानिक आविष्कार विकास अगाडि बढ्नु पर्छ : प्रचण्ड

पूर्णपुष्टि, फागुन ९ गते ।
नेपालको विकासको लागी बैज्ञानिक आविष्कार विकास अगाडि बढ्नुपर्ने प्रधानमन्त्री प्रचण्डले बताएका छन । अहिलेको युग नै विज्ञान र प्रविधिको हो । जसले लगानी र प्रगति गर्छ त्यो टिक्छ, जसले गर्दैन त्यो नटिक्ने उहाँले बताएका हुन् । यस क्षेत्रको विकास बिना नेपालको बिकास हुन नसक्ने बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनसहितको टोलीसँगको भेटमा वर्तमान युग विज्ञान र प्रविधिको रहेकोले कुनै पनि देशको अस्तित्वका लागि यसको विकास हुन जरुरी रहेको प्रधानमन्त्री प्रचण्डले बताए । प्रधानमन्त्रीले विज्ञान प्रविधिको विकासका लागि विद्यमान ऐनमा देखिएका समस्या समाधान गर्ने आश्वासन दिएका छन् ।

विज्ञान र प्रविधिको क्षेत्रमा राज्यको यथेष्ट लगानी हुनुपर्ने राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले बताएका थिए । उनले कृषि, शिक्षा, ऊर्जा, पर्यटन, स्वास्थ्यलगायतका क्षेत्रमा नवीनतम आविष्कारका माध्यमबाट आत्मनिर्भर नेपाल निर्माण गर्न सकिने अनुभव राखेका छन् । उनले भने सरकारले यस क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा राष्ट्रिय योजना आयोगका अध्यक्ष मीन बहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्रका विज्ञान प्रविधि विभाग प्रमुख गणेश साह, महासचिव देव गुरुङलगायत सहभागी थिए ।