
पूर्णपुष्टि, असोज १७ गते ।
काठमाडौंबाट दमकका लागि छुटेको ना ७ ख २०३२ नम्बरको बस गएराति साढे १२ बजे मकवानपुरको चुरियामाईमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ३६ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाइ मन्दिर नजिकै बस आफै अनियन्त्रित भइ खसेको प्रहरीको जनाएको छ ।
दुर्घटनामा झापाको दमक–५ बस्ने ६० वर्षका दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी–८ का कल्पना राजवंशीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । एक जनाको हेटौँडा अस्पताल र एक जनाको चुरेहिल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
घाइते ३६ जनामध्ये दुई जनाको काठमाण्डौको बीएण्डबी अस्पताल, तीन जनाको पुरानो मेडिकल कलेज चितवन र एक जनाको हेटौँडा अस्पताल र एक जनाको हेटौँडाको सञ्चो अस्पतालमा उपचार भइरहेको छ । अरु २९ जना हेटौँडाका विभिन्न अस्पतालमा उपचारपछि घर फर्किएका प्रहरीले जनाएको छ ।
