
पूर्णपुष्टि, साउन २५ । काठमाडौं महानगरपालिकाको कार्यालय नजिकै सडक भासिँदा गएरातिदेखि आवागमन प्रभावित भएको छ। महानगरपालिकाको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको महानगर प्रहरीले जानकारी दिएको छ।
भासिएको सडक दरबारमार्गलाई जोड्ने महत्त्वपूर्ण मार्ग हो। यो सडक टुकुचा खोलामाथि निर्माण गरिएको थियो। प्रहरीका अनुसार सडक भासिएपछि हिजो रातिदेखि नै उक्त बाटो पूर्ण रूपमा बन्द गरिएको छ।
