
पूर्णपुष्टि, साउन २५ । भारतीय राज्य सिक्किममा शुक्रबार बिहान ४.४ रेक्टर स्केलको भूकम्प गएको छ। भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु सिक्किमको सोरेङ आसपास रहेको थियो।
स्थानीय समयअनुसार शुक्रबार बिहान ६ बजेर ५७ मिनेटमा गएको यस भूकम्पको उद्गम बिन्दुको गहिराइ १० किलोमिटर रहेको जनाइएको छ। भूकम्पको धक्का सिक्किमका साथै दार्जीलिङ र पश्चिम बंगालका केही जिल्लाहरूमा महसुस गरिएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। भूकम्पको धक्का धक्का सिक्किम, दार्जीलिङसहित पश्चिम बंगालका केही जिल्ला र नेपालको पूर्वी भेगमा समेत महसुस गरिएको थियो ।
