Wednesday, June 17News That Matters

काभ्रेमा रोशी खोलाको बाढीले १० घर बगायो

पूर्णपुष्टि, असोज १२ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नम्बर ९ नार्केमा रोशी खोलाको बाढीले करिब १० घर बगाएको छ। शनिबार बिहान ९ बजे बाढीले जमिन कटान गरी घरहरू बगाएको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिएका छन्।

घटनामा मानवीय क्षतिको विवरण अझै प्राप्त नभएको बताइएको छ। बिहानको समयमा घटना भएकोले मानवीय क्षति नभएको हुन सक्ने अनुमान गरिएको छ। उद्धारका लागि नेपाली सेना र प्रहरी परिचालन गरिएको छ। तर, बाटो बिग्रिएको र नेटवर्क समस्याका कारण घटनास्थलमा पुग्न र सम्पर्क गर्न कठिनाइ भएको छ। स्थानीय प्रशासनले थप जानकारी संकलन गरिरहेको छ ।