
र्णपुष्टि, बैशाख १४
मोरङको बुढिगंगा गाउँपालिका–३ स्थित कोशी लोकमार्गमा कारले ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढिगंगा–२ बगवनका ३० बर्षीय शोभा राजवंशी रहेका छन् ।
हिजो दिउँसो साँढे १ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२७- च २२६६ नम्बरको कारले पुर्वबाट हाईवे तर्फ जाँदै गरेको मे २ प ६९५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँई दुर्घटना हुँदा राजवंशी घाइृते भएका थिए ।
घाईतेलाई उपचारको लागी बिराट मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । कार र चालक धनुषा जनकपुर–७ का २९ बर्षीय शैलेन्द्र प्रसाद यादवलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
