Thursday, June 4News That Matters

बाँस झ्याङमा सल्केको आगो निभाउने क्रममा वृद्धको मृत्यु

पूर्णपुष्टि, बैशाख १४
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा आगो निबाउने क्रममा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ७० बर्षीय जयराम सार्की रहेका छन् ।

हिजो दिउँसो साँढे ११ बजे सार्कीको आफ्नै बाँस झ्याङमा सल्केको आगो निभाउने क्रममा अचानक आफ्नै शरिरमा आगो सल्कीदा घाईते भएका थिए । घटनाको जानकारी प्राप्त हुँनासाथ बिमानस्थल सुरक्षा गार्ड कांगेलको प्रहरी टोली खटिगई तत्काल उपचारको लागि धरान घोपा लादै गर्दा बाटोमानै मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी टोली खटिगई थप अनुसन्धान गरीरहेको छ ।