Thursday, May 21News That Matters

किरात राई यायोक्खाको ३७ औं स्थापना दिवस भव्यताका साथ सम्पन्न, याेगदान पुर्याउनेहरु सम्मानित

पूर्णपुष्टि, साउन २३
किरात राई यायोक्खाले आफ्नो ३७ औं स्थापना दिवस २०८१ साउन २२ गते कृष्टल व्याङ्क्वेट, मानभवन ललितपुरमा भव्यताका साथ मनायो । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाश मान सिंहकाे प्रमुख अतिथ्य, रक्षामन्त्रि मानबीर राईकाे विशेषआतिथ्यमा  विशिष्ट सम्मान तथा पुरस्कार वितरणसहित सम्पन्न भयाे ।
समारोहमा तीन जना विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएकाे थियाे । डा. पुरण राई, विश्व राई र प्रिति राईलाई विशिष्ट सम्मान प्रदान गरिएकाे थियाे । उहाँहरु क्रमश: आप्रवासी नेपाली कवितामा आलङकार विद्यान, प्रथम अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री र वेस्ट एसियन फुटबल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरी दोस्रो स्थान हासिल गरेकी खेलाडी हुन् ।
यसैगरी, टंकप्रसाद न्यौपानेलाई किराया नरजित राई सांस्कृतिक अनुसन्धान पुरस्कार प्रदान गरिएकाे थियाे ।
त्यसैगरी, कार्यक्रममा २७ वटा विभिन्न अक्षयकोषमार्फत छात्रवृत्ति तथा पुरस्कारहरू वितरण गरिएकाे थियाे ।

किराया मदनेश्वरी राई स्मृति पुरस्कार: प्रविण पुमा, किराया संगीत पुरस्कार: शिवसंगम राई, किराया छत्रविष्णु कृति सम्मान: चोचोलुङ रिङरिदुमले प्राप्त गरेकाे छ ।
त्यसैगरी किराया धनकेसर अतम्हरी राई स्मृति पत्रकारिता पुरस्कार: भोटराज राई, किराया दुर्गादेवी मोहन सिं भाषिक पत्रकारिता पुरस्कार असिम सोङमेन वान्तवा, किराया मनकुमारी साम्पाङ दुमी राई स्मृति
दुर्गादेवी खेलकुद पुरस्कार पार्वती राई, अनुजा कुलुङ राई, इशा राइ, संजय राई पुरस्कृत भए भने किराया विचारी राजनसुर राई लालमतिम्पा लालमतिम्मा भागेम्पा सायरेम सम्मान राजकुमार राईले पाएका छन् ।
त्यसैगरी विभिन्न क्षेत्रका विद्यार्थीहरूलाई पनि छात्रवृत्ति प्रदान गरिएकाे थियाे । चिकित्सा, इञ्जिनियरिङ, व्यवस्थापन लगायतका विषयमा अध्ययनरत विद्यार्थीहरू सम्मिलित थिए।
कार्यक्रममा उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
समारोहले किरात राई समुदायको समृद्ध इतिहास, संस्कृति र राष्ट्र निर्माणमा पुर्‍याएको योगदानलाई उजागर गरेकाे छ साथै, यसले समुदायको शैक्षिक, सांस्कृतिक र सामाजिक उत्थानमा महत्वपूर्ण भूमिका खेलेकोछ। किरात राई यायोक्खाले आफ्नो स्थापनाको ३७ वर्ष पूरा गरेको यस अवसरमा समुदायको एकता र प्रगतिको संदेश पनि प्रवाह गरेको छ ।
कार्यक्रमको अध्यक्षता किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले गरेका थिए भने सञ्चालन महासचिव भिम राईले गरेका थिए ।