
पूर्णपुष्टि, साउन २ । सप्तरीमा एक किशोरीलाई समुहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका– १२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
गत शुक्रबार मध्यराति कञ्चनरुप नगरपालिकाकी एक १७ बर्षीय किशोरीलाई घरबाट उठाएर नजिकैको मान्छे नबस्ने घरमा लगेर सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रमुख डिएसपी दीपक रायले जनाकारी दिए । आईतबार पिडितको परिवारले किटानी जाहेरी दिएको थियो ।
सोही आधारमा सोमबार तिन जना र आज मंगलबार एक जना गरी चारैजनालाई पक्राउ गरिएको डिएसपी रायले बताए । उनका अनुसार यस घटनका मुख्य योजनाकार पक्राउ परेका कैलाश पोखरेल हुन् । पक्राउ परेका चारैजनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
