
पूर्णपुष्टि, २ साउन ।
त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले उदयपुरमा जिम्मेवारी बोकेर आउने सरकारी कर्मचारी र सरुवा भएर जानेहरुलाई विदाई तथा स्वागत गरेको छ ।
संघले उदयपुरमा भर्खरै जिम्मेवारी सम्हाल्न आईपुगेका नेपाली सेनाक १८ नं बाहीनी भुल्केका बाहिनिपती मनोज बैदवार र डिभिजन वन कार्यालयका अधिकृत इन्द्र सापकोटालाई स्वागत गरेका छन् । यस्तै उदयपुरबाट जिम्मेवारी पुरा गरी सरुवा भएका नेपाली सेना पशुपति प्रसाद गण बोक्सेका प्रमुख सेनानी बिजय भण्डारीलाई विदाई गरेको छ । भण्डारी गित १५ महिनादेखी बोक्से गण सम्हालेर बसेका थिए ।

उनको काठमाण्डौँ सरुवा भएको छ । भण्डारीलाई संघका अध्यक्ष रमेश रसाईलीले मायाँको चिनो समेत प्रदान गर्दै विदाई गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बाहिनिपती बैदवारले उदयपुरे जनताहरु सँग समन्वय गरी काम गर्ने जनाए । उनले नेपाली सेना जनताहरुसँग प्रत्यक्ष रुपमा नजिक हुन नसके पनि जनताहरुकै लागि ठुलो योजनाहरुमा काम गरिरहेको जनाए । यस बाहेक उदयपुरे जनताहरुलाई आईपर्ने विपदहरुमा पनि १८ नं वाहीनी सँधै अग्रसर रहने जनाए ।
यस्तै सेनानी भण्डारीले उदयपुरको बसाई सुखद रहेको जनाए । १५ महिना उदयपुरको वसाईमा कुनै असहज र असन्तुष्टीको अवस्था नरहेको जनाए । वन अधिकृत सापकोटाले पनि उदयपुरमा जनमुखी कामका लागि निति नियममा रहेर काम गर्ने जनाए । संघका अध्यक्ष रमेश रसाईलीले उदयपुरमा सेवा दिन आएका कर्मचारीहरुलाई सँधै सहयोग र समन्वयले सम्मान स्वागत गर्ने जनाए ।

