Tuesday, June 9News That Matters

कृशलाको हत्यामा संलग्न २ अपराधिलाई प्रहरीले सार्वजानिक गर्यो, घरबार बिगारेको भन्दै हत्या

पूर्णपुष्टि, साउन ३२

कृशलाका हत्यामा संलग्न २ जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले सोमवार सार्वजानिक गरेको छ । त्रियुगा नगरपालिका ६ मोहनपुरकी १६ बर्षिया कृशलाको साउन १३ गते हत्या भएको थियो ।

करिब सय भन्दा बढी मानिसहरुलाई गर्दै आएको गहिरो अनुसन्धान पछि २ जनालाई प्रहरीले सार्वजानिक गरेको हो । कृशला हत्यामा संलग्न सप्तरीको सुरुङगा नगरपालिका १ का उचित लाल सदा र सोहि ठाउँका २३ बर्षिय बिषे सदालाई प्रहरीले सार्वजानिका गरेको छ ।

घटनामा संलग्न रहेको उचित लाल सदाले कृशलाले आफ्नो घरबार बिगारेको निउमा हत्या गरेको प्रहरी वयानमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय उदयपुर (एसपी) चन्द्रदेव बोहोराले बताउनुभयो । बोहोराका अनुसार कृशला र उचित सदाको श्रीमती साथी साथी रहेको र कृशलाकै कारण आफ्नो घरबार बिग्रिएको कारण बदला स्वरुप कृशलाको हत्या गर्ने निर्णयमा आफुहरु पुगेको प्रहरीलाई बयान दिएको छ ।

पहिलो घरबार बिग्रिएको सदाको दोस्रो श्रीमती कृशलाको साथी रहेको र सो घरबार बिग्रिनुमा कृशलाको हात रहेको भन्दै कृशलाका हत्या गरेको सदाले प्रहरी बयानमा उल्लेख गरेको छ । कृशला र आफ्नो श्रीमती पहिल्य बाटै साथी रहेको सदाले प्रहरीलाई बयान दिएको छ ।

साउन १३ गते ३ बजे देखि कृशला सँगै रहेको उनिहरुले सोहि दिन करिब रातको साढे १० बजेतिर हत्या गरी राजदेवी सामुदायीक वन रातमाटे खहरे खोलामा ढुंगाले पुरेको उचित लाल सदाले प्रहरी बयानमा बताएको प्रहरीले जनाएको छ ।

१३ गतेकै दिन हत्या गरेको र साउन १९ गते मात्र कृशलाको लाश सडिएको अवस्थामा फेला पारेपछि प्रहरीले हत्यारा पत्ता लगाउन अनुसन्धान सुरु गरेको थियो । प्रहरीका अनुसार बलत्कार र एसिडको बारेमा भेन केहि पुष्टि भईनसकेको बताएको छ । प्रहरीले हत्यामा केहि हतियारहरु प्रयोग नभएको जनाएको छ । कृशलाका हत्या गर्दा एकजनाले छातिमा टेकेर घाँटि थिचेको र अर्का एकजनाले हातको मुड्की प्रयोग गरी हत्या गरेको बयान दिएको छ ।

कृशलाको लाश स्थानीयहरुले १९ गते सडेको अवस्थामा फेला पारी प्रहरीलाई खबर गरेको थियो । लाश शडेको र दुर्गन्धीत अवस्थामा रहेकाले पहिचान गर्न समस्या परेको थियो । प्रहरीले स्थानीयहरुलाई सोधपुछ गर्दा स्थानीयहरुले पहिचान गर्न सकेन ।

पछि लाश पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर ल्याइएको अवस्थामा मोहनपुरकै प्रेम कुमार चौधरीले आफ्नो कान्छी छोरीको लाश भएको पुष्टि गरेको थियो ।