Thursday, April 23News That Matters

पशुपालनका सफल दम्पतीलाई पालिका अध्यक्ष राईको सम्मान

पूर्णपुष्टि, २४ साउन ।
उदपयुरको पहाडी पालिका लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले पालिकावासी सफल किसान दम्पतीलाई सम्मान गरेको छ । शुक्रबार राईले पालिका भवन परिसरमै बोलाएर सम्मान गरेको हो । किसानको उत्पादनलाई प्रोत्साहन
स्वरुप कृषक गणेश खत्री र बिमला खत्री किसान दम्पतीलाई अध्यक्ष राईले सम्मान गरेको हो ।

किसानले कृषि र पशुपालनमा मेहनत नगरे सम्म उत्पादन नहुने र उत्पादन नभए सम्म मान्छेको प्राण, उद्यम ,व्यापार नचल्ने ब्यापार नभए रोजगारी र समृध्दि पनि नहुने भन्दै उत्पादनमुखी कामलाई प्रोत्साहन गर्नु पर्ने अध्यक्ष राइको भनाई छ ।

राईले समाजवादको जरानै किसान रहेको बताए । उनले किसानको आत्मा मनोबल उठ्यो भने मात्र समाज र गाउँको अर्थतन्त्र दरिलो र भरिलो बन्न सक्ने पनि जनाए । खत्री दम्पतीले दुहुना भैसी पालेर उत्पादन गर्नुका साथै आफ्नो जिविको पार्जनमा टेवा पुराएको छ ।