Wednesday, April 22News That Matters

कोपा अमेरिका: पेनाल्टी सुटआउटमा ब्राजिललाई हराउँदै उरुग्वे सेमिफाइनलमा

पूर्णपुष्टि, असार २३ । कोपा अमेरिकाको क्वार्टरफाइनलमा उरुग्वेले ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ। निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।

पेनाल्टी सुटआउटमा उरुग्वेले ४-२ को जित हात पार्‍यो। उरुग्वेका लागि फेडरिक भलभर्डे, रोड्रिगो बेन्टाकुर, जर्जियन डे अराकास्टा र मानुएल उगार्टेले गोल गरे। ब्राजिलका तर्फबाट भने आन्द्रेज परेइरा र गाब्रीएल मार्टिनेलीले मात्र गोल गर्न सफल भए।

उरुग्वेका गोलकिपर सर्जियो रोचेटले एडर मिलिटाओको प्रहार बचाए भने डोगलास लुइसको प्रहार पोस्टमा लागेर फर्कियो। यता ब्राजिलका गोलकिपर एलिसनले उरुग्वेका जोस मारिया जिमिनेसको प्रहार बचाएका थिए। यो जितसँगै उरुग्वेले फाइनल प्रवेशका लागि कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ। अर्कोतर्फ, ब्राजिल उपाधि होडबाट बाहिरिएको छ।