
पूर्णपुष्टि, असार २३ । कोलम्बियाले आफ्नो उत्कृष्ट खेल प्रदर्शन जारी राख्दै कोपा अमेरिका २०२४ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार बिहान अरिजोनाको स्टेट फार्म स्टेडियममा भएको क्वाटरफाइनल खेलमा कोलम्बियाले पानामालाई ५-० को फराकिलो अन्तरले पराजित गर्यो।
खेलमा कोलम्बियाका पाँच फरक खेलाडीले गोल गरे। जुवान कोर्डोबाले खेलको सुरुवाती मिनेटमै टोलीलाई अग्रता दिलाए भने जेम्स रोड्रिगेजले पेनाल्टीमार्फत दोस्रो गोल थपे। पहिलो हाफको अन्त्यतिर लुइस डियाजले तेस्रो गोल गरे। दोस्रो हाफमा रिचार्ड रिओस र मिगुएल बोर्जाले थप गोल गर्दै टोलीको विजयलाई सुनिश्चित गरे।
यो जितसँगै कोलम्बिया लगातार दोस्रो पटक कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ। २०२१ को संस्करणमा टिम सेमिफाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो। अब पानामाले सेमिफाईनलमा उरुग्वेसँग खेल्नेछ । उरुग्वेले क्वाटरफाईनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै पानामासँग भेट पक्का गरेको हो ।
