
पूर्णपुष्टि, बैशाख २८ गते ।
अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या ४१ लाख नाघेको छ । विश्वका विभिन्न देशमा ४१ लाख ७ सय २६ जनामा संक्रमण पुष्टि भएको जनाईएको छ ।
अमेरिकामा १३ लाख ४७ हजार ३ सय ९ जना, स्पेनमा २ लाख ६२ हजार ७ सय ८३ जना, इटालीमा २ लाख १८ हजार २ सय ६८ जना संक्रमित पुगेका छन् ।
अहिलेसम्म करिब १४ लाख संक्रमित उपचार पछि निको भएका छन् भने कोरोनाबाट २ लाख ८० हजार भन्दा बढीको मृत्यु भएको जनाईएको छ ।
