
पूर्णपुष्टि, ७ असार ।
सुनसरी र उदयपुरको सिमाना चताराबाट संञ्चालन हुने जेटबोट बन्द भएको छ । कोशीमा पानीको बहाव बढेसँगै बर्षेनी रुपमा बोट बन्द हुने संञ्चालक समितिले जनाएको छ । उदयपुरको बेलका ८ र सुनसरीको बाराहबाट संञ्चालन हुँदै आएको करिब १३ ओटा जेटबोट यो बर्षको बर्खा सम्मका लागि बन्द भएको कोशी एडभेन्चरका संञ्चालक समितिका सचिव सिव थापाले जनाए ।
थापाका अनुसार उदयपुर र सुनसरीको सिमानाबाट सानोठुलो गरी १३ ओटा जेटबोट संञ्चालनमा रहेको जनाए । बोटले उदयपुर, सुनसरी, भोजपुर र धनकुटा लगायतका स्थानहरुमा यात्रु ओसार पसार गर्दै आएका थिए । यसको बाराहा क्षेत्र, त्रिवेणी, सिम्ले र माईबेनी गरी ४ ओटा स्थानहरुमा मुख्य ट्रान्जेक्सनहरु रहेको थापाले जनाए ।

उनले सिम्लेको लागि सबैभन्दा बढी भाडा १४ सय रहेको जनाए । त्यस यता दुरीको हिसावले लिँदै आएको उनले जनाए । गाडीबाट झण्डै ३ घण्टा सम्म समय लाग्ने ठाउँ सिम्लेमा जेटबोटले करिब १५ मिनेटमै पुराउने थापाले जनाए । बर्षेणी बर्खा लागेपछि जेटबोट बन्द गर्नुपर्ने अवस्था आएको जनाईएको छ । पानीको बहावले छलाङ हान्दा जेटबोटलाई असर गर्ने संञ्चालकहरुले जनाए । यसरी जोखिमलाई लिएर उनिहरुले जेटबोट संञ्चालन गर्न नसक्ने बताए । जेटबोट कुनै साल साउनदेखी उसो र कुनै साल असार लाग्दै बन्द गर्नु पर्ने उनिहरुले बताउँछन् ।
कोशीमा पानीको बहाव तत्काल बढ्यो भने असारमै र मध्यबर्खामा बढ्यो भने साउन यता मात्रै जेटबोट वन्द हुने जनाए । तर यो बर्ष भने आसर पहिलो साताबाटै बोट वन्द अवस्थामा छ । कोशीमा अचानक मंगलबारबाट पानीको बहाव बढ्दो अवस्थामा छ । बर्खा सकिएपछि उक्त बोट पूनः संञ्चालनमा आउने संञ्चालकहरुको भनाई छ । बर्खा सकिएपछि भदौ आसोज बाट यसलाई संञ्चालनमा ल्याउन सकिने उनिहरुको भनाई छ । जेटबोटले बर्षाको समयबाहेक बर्षेणी १५ हजारको हाराहारीमा यात्रुहरु बोक्दै आएको जनाए ।
