Friday, May 22News That Matters

उदयपुर सिमेन्ट उद्योग फेरि सञ्चालनमा

पूर्णपुष्टि,असार ७ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग पुन सञ्चालनमा आएको छ । त्रियुगा नगरपालिका–५ जलजलेमा रहेको उद्योग बुधबार विहान ७ः५५ बजेको साइतमा क्लिङ्कर उत्पादनका लागि उद्योग फायरिङ गराएर दुई महिनापछि सञ्चालनमा ल्याएको हो ।

कोइलालगायतका कच्चा पदार्थको अभाव, व्यवस्थापन र मजदुरबीचको विवादले कर्मचारीको आन्दोलनका कारण बन्द भएको सो सिमेन्ट उद्योग करिव दुई महिनापछि पुनःसञ्चालनमा ल्याएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष केशवकुमार बस्नेतले बताए । उनका अनुसार अब नियमित उत्पादन र बजारीकरण जारी रहने अध्यक्ष बस्नेतको भनाइ छ ।

दुई महिनासम्म उद्योग बन्द हुँदा २० करोडभन्दा बढी घाटा व्यहोर्नु परेको पनि अध्यक्ष बस्नेतले बताए । आर्थिक भारले डुबेपछि सरकारी स्वामित्वको उदयपुर सिमेन्टका महानिर्देशक गोपीकृष्ण न्यौपानेले यसअघि नै राजीनामा दिएका छन् । उद्योग घाटामा भएर कर्मचारी र कोइला सप्लायर्सलाई दिन पर्ने दायित्व मात्रै ८० करोड रुपैयाँ बाँकी छ ।