
पूर्णपुष्टि, फागुन २७ । उदयपुर सहित पूर्वको १४ जिल्लामा भोली आमहड्ताल हुने भएको छ । कोशी प्रदेश तत्काल खारेज गर्न माग गरी आमहड्ताल गरिने भएको छ । किरात राई यायोख्खा लगायत बिभिन्न जातिय संस्थाको संयुक्त आयोजनामा आम हड्ताल घोषणा भएको छ । जनताको माग विपरिद प्रदेश सरकारले षड्यन्त्र पूर्वक नामाकरण गरेको कोशी प्रदेश प्रति बिरोध गर्दै आम हड्ताल सहित बिभिन्न बिरोध कार्यक्रम राखिएको छ । आम हड्ताल कार्यक्रम कोशी प्रदेश भरीका १४ ओटै जिल्लाहरुमा गरिने जनाईएको छ । बौद्धिक मानिसहरुले बिकास गर्दै आएको पहिचानलाई सरकारले लात हानेर अचल वस्तुहरुको पहिचानलाई बिकास गर्न खोज्नु पहिचानवादी मानिसहरुलाई मास्ने षड्यन्त्र रहेको यायोख्खाले जनाएको छ ।
