
पूर्णपुष्टि, फागुन २७ । जनता समाजवादी पार्टीबाट राष्ट्रपति उम्मेदवार बनेका रामसहाय प्रसाद यादव विरुद्ध नेकपा एमालेले उजुरी दिएको छ । संविधान र काकुन विपरित उम्मेदवारी दिएको भन्दै एमालेका सांसद महेश बर्तौला लगायतका नेताहरू उजुरीपत्र लिएर नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् ।
राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै जसपाका उम्मेदवार यादव विरुद्ध एमालेले उजुरी दिएको हो । साथै यादवको उम्मेदवारी कानुन विपरीत रहेको एमालेको दाबी छ ।
यद्यपि जसपाबाट उम्मेदवार भएका यादवको नाममा शुक्रबार नै प्रश्न उठ्न थालेपछि जसपाकै प्रमिला यादवले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी हुन् । उपराष्ट्रपति निर्वाचनको तयारीका सन्दर्भमा आइतबार उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । चैत ३ गते निर्वाचन हुनेछ ।
