Tuesday, June 9News That Matters

त्रिजव क्याम्वसमा अखिल क्रान्तीकारी बाट को–को उम्मेवदार, नामवली सहित

पूर्णपुष्टि, फागुन, यहि चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि त्रियुगा बहुमुखी क्याम्पसमा पनि शनिबार मात्रै मनोनयन दर्ताको काम सकिएको छ । यस क्याम्पसमा जम्मा छ ओटा विद्यार्थी संगठनहरुले मनोनयन दर्ता गराएको छ । त्यस मध्ये अखिल क्रान्तीकारी र विप्लव मिलेर चुनाव लड्ने कन्फर्म भैसकेको छ भने अन्यको एक्लाएक्लाई हो या मिलेर लड्ने कुराको ठेगान लागेको छैन् । अखिल क्रान्तीकारीबाट अध्यक्षमा सरोज कार्की, सचिवमा रन्जना मगर र कोषाध्यक्षमा दोमा राई उम्मेदवार रहेको छ । उनिहरु सहित अखिल क्रान्तीकारीबाट ११ जनाले प्रत्यक्ष उम्मेदवारीको मनोनयन दर्ता गराएको छ ।

यता समानुपातिक बाट ८ जनाले मनोनयन दर्ता गराएको छ । यस्तै सदस्यहरुमा नवराज बुढाथोकी, इश्वर कुमारी चौधरी, अन्जु कुमारी चौधरी, अश्विन राई, युवाराज दाहाल, उत्सव खतिवडा, शेर बहादुर कटुवार र शान्ती कार्की रहेको छ । यता समानुपाति तर्फ युद्धराज बराईली, निरज सेन, खिलराज कार्की, बिरेन्द्र बुढाथोकी, बुद्धराज बि.क, शमिक्षा माझी, रुकुम बि.क र कविता चौधरी रहेका छन् । अखिल क्रान्तीकारीका अध्यक्ष उम्मेदवार सरोज कार्कीले निष्पक्ष र स्वस्थ्व शिक्षा तर्फ आफ्नो प्रमुख उम्मेदवारी रहेको जनाएको छ । उनले गुनस्तर शिक्षाका लागि अखिल क्रान्तीकारी बाहेकको बिकल्प नरहेको जनाए । यस्तै सचिव उम्मेदवार रन्जना मगरले क्याम्पसलाई महिला मैत्रीमा जोड दिएकी छिन् । यता कोषाध्यक्ष उम्मेदवार दोमा राईले पनि गुनस्तर शिक्षा र निशुल्क शिक्षालाई थप प्रभावकारी बनाउन जोड दिएकी छिन् ।

अन्य संगठनको नामवली