Tuesday, June 9News That Matters

उदयपुर बेल्टारकी एल्जीना राई ‘द भ्वाईस किड्स’ नेपालमा प्रवेश

पूर्णपुष्टि, फागुन २७ । उदयपुरकी एलजीना राई नेपालको पपुलर रियालीटी (सो द भ्वाईस किड्स अफ नेपाल) सिजन टु मा प्रवेश गरिकी छिन् । उदयपुरको चौदण्डीगढी नगरपालिका २ बेल्टारकी १३ बर्षिया एल्जीना राईले दुईओटा जर्जहरुको मन जित्दै भ्वाई अफ नेपालको यात्रा तय गरेकी हुन् । एल्जीनाले भ्वाईसमा कोच प्रमुद र कोच प्रविशाको मन जित्न सफल भईन् । उनले गाएको केहि सेकेण्डमै दुई ओटा चियर टर्न गराईन् । त्यसपश्चात अन्य दुई जनाले भने बज गरेनन् । उनी भ्वाईस अफ नेपालको लागि कोच प्रमोदको टिममा गएकी छिन् ।