Tuesday, June 9News That Matters

स्ववीयु निर्वाचनका लागि त्रिजवमा ६ ओटै संगठनले गराए मनोनयन दर्ता

पूर्णपुष्टि, फागुन २७ । उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा स्ववियु निर्वाचनका लागि संगठनहरुले आज शुक्रबार मनोनयन दर्ता गराएको छ । स्ववियुका लागि ६ ओटा संगठनहरु रहेका त्यस क्याम्पसमा आज मनोनयन दर्ताको काम सकिएको हो । ने. वि. संघ, अनेरास्ववियु, अनेरास्ववियु, अखिल क्रान्तीकारी बिप्लव र अखिल क्रान्तीकारी नेकपा बहुमत समुह गरी ६ ओटा संगठन रहेको छ । ५ गते हुने स्ववियु निर्वाचनमा १९ जनाको कार्यसमिती निर्माण हुनेछ ।