Monday, April 20News That Matters

कोशी प्रदेश नाम साझा हो, ठिक छ : केपी ओली

पूर्णपुष्टि, बैशाख १४ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नाम साझा भएकोले ठिक रहेको बताएका छन् । मिसन ग्राँसरुट अभियानमा इलाम पुगेका ओलीले बिहिबार यस्तो बताएका हुन् । मंगलबार झापाको बुद्धशान्ति गाउँपालिकामा पहिचानवादीहरुले नाराबाजी गर्दै ओलीलाई कालो झण्डा देखाईएपछि ओलीले यस्तो प्रतिक्रिया दिएको हो ।

कोशी प्रदेश सभाले कोशी प्रदेश नामाकरण गर्‍यो, म कोशी प्रदेश सांसद पनि होइन ‘उनले भने’ अनि म आफ्नो भ्रमणमा हिँडिरहेको छु, कार्यक्रममा हिँडिरहेको छु, जनता भेटिरहेको छु, कसलाई टाउको किन दुख्ने ? जहाँसम्म कुरा छ कोशी प्रदेश ठीक थियो कि थिएन, यो बिल्कुल ठीक थियो । यो साझा नाम हो, सबैका लागि छ। यसलाई एउटा अर्को भन्ने कुरै छैन।’

‘कोशी भित्र दाँफेमुनाल समेटिन्छ, मयुर समेटिन्छ, हात्ती गैँडा समेटिन्छ, शेर्पा–लेप्चा, तामाङ–भोटे, खोँच हिमाल, राजवंशी, थारू तिनीहरू पनि समेटिन्छन्। त्यसकारण यसलाई इगोको विषय बनाउने होइन, सबैका निम्ति साझा के हुनसक्छ भनेर प्रदेशले कोशी बनाएको उनको भनाई छ ।

कोशी प्रदेशमा एउटा पार्टी नेकपा एमाले सिध्याउछु भनेर बुर्जुवाका पछि हिडेको पार्टी बुर्जुवाभन्दा बढी चर्को साम्प्रदायिक पल्टिएको जनाए । कोशी प्रदेश हुँदैन भनेर ४ जना मान्छेले विरोध गर्यो नत्रभए कोशी प्रदेश बनाउने भन्ने कुरा कांग्रेस, एमाले, माओवादी, मधेश पार्टी र राप्रपा लगायत सबैले एक भोट पक्षमा हाल्यो चार भोट विपक्षमा पर्यो उनले भने ।

यो एउटा प्रक्रियाबाट टुङ्गिएपछि त्यो टुङ्गिएको कुरोलाई कसैको एउटा ब्यक्ति बिषेशको, जात बिषेशको, थर विषेशको पछाडी कोशी लगेर टास्या
छैन त ? कोशी त साझा नाममा टाँसिएको छ भने यसमा विरोध गर्नुपर्ने कुनै पनि आवश्यक नरहेको उनले बताए । यदी असहमती छ भने चुनाव लडी दुई तिहाई मत पुर्याएर प्रदेशको पुन नामाकरण गर केन्द्रले त्यसलाई समर्थन गर्छ उनले भने ।

ज्यान मार्ने उद्योग गरेर, अचानक आक्रमण गर्ने यस प्रकारको क्रियाकलाप कुनै हालतमा मान्ने नहुने उनको भनाई छ । यस प्रकारको क्रियाकलापलाई उनले हिंसात्मक, आतंककारी, विद्वेषकारी, साम्प्रदायिक, राष्ट्रिय एकता विरोधी र अराजनैतिक उदण्ड भएको बताएका छन् ।