Tuesday, June 9News That Matters

कोशी प्रदेश राखेकोमा माओवादी मजदुरको आपत्ति

पूर्णपुष्टि, फागुन १९ । माओवादी मजदुर पार्टीले साविक प्रदेश नं १ लाई कोशी नामाकरण गरेकोमा आपत्ति जनाएको छ । पार्टीको केन्द्रीय तदर्थ समितिले बिज्ञाप्ती मार्फत आपत्ति जनाएको हो । प्रदेश नं १ लाई पहिचानको आधारमा नामाकरण गरिनु आम जनताहरुको इच्छाचाहानालाई दवाउँदै सरकार पहिलाको पंञ्चायत तर्फ नै उन्मुख रहेको विज्ञाप्तीमा उल्लेख गरिएको छ । वर्तमान सरकारले पहिचानलाई मेटेको र अहिलेको प्रदेश नामाकरणहरु सबै गलत भएको बिज्ञाप्तीमा ठहर गरेको छ । किरात प्रदेशको बदलामा कोशी प्रदेशको नाम राखिएको छ, प्रदेश सरकारले १८ गते फागुनमा कोशी प्रदेश नामाकरण प्रति पहिचानका उत्पिडित जातीहरुलाई नयाँ खालको दमन सुरु भएको हुनाले यस प्रति हामि घोर भर्तसना गर्दछौँ, बिज्ञाप्तीमा भनिएको छ ।