
पूर्णपुष्टि, ४ बैशाख ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं ११ साकेला टोलकी ७८ बर्षिया जेष्ठ नागरिक सुमित्रा मगर क्यान्सर रोगले थलिएकी छिन् । लामो समयदेखी एक्लै बस्दै आएकी परिवार बिहिन मगरलाई पछिल्लो सयम हस्पिटलले क्यान्सर पुष्टी गरेको आफन्तले जनाएको छ । उनको टोलवासी बाहेक अन्य आफन्त छैन् । भएको आफन्त सँगे पनि आर्थिक स्थिति कम्जोर छ । घाँटीको छेउमै नसा दुख्ने समस्याले सताएकी उनलाई हस्पिटलले क्यान्सर भएको पुष्टी गरेको हो ।

उनको अहिले भक्तपुर स्थित टिचिङ हस्पिटलमा उपचार भैरहेको आफन्त पुजा कार्कीले जनाईन् । परिवारबाट बिचल्लीत मगरलाई रोगले सताएपछि साकेला टोल विकास संस्थाकी अध्यक्ष गिता राईको नेतृत्वमा आर्थिक संकलन अभियान सुरु गरिएको छ । राईका अनुसार टोल विकास संस्थाले २५ हजार सहयोग गरेको समेत जनाईन् । साथै टोलवासीहरुलाई पनि इच्छा अनुसार आर्थिक संकलनमा सहभागी गराई सामान्य खर्चमा अहिले उनको हस्पिटलमा उपचार भैरहेको राईले जनाईन् ।
परिवारको कुनै साथ सहयोगको अवस्था नभएपछि टोल बिकास संस्था आफै उपचार खर्च जुटाउन लागि परेको छ । अध्यक्ष राईले देश बिदेशमा रहेको सम्पूर्ण नेपालीहरु सामु आर्थिक सहयोगको माग गरिरहेको छ । बिरामी मगरलाई छोराहरुले पनि सहयोग नगर्ने भएपछि उपचारमा थप समस्या पुगेको हो । सबै छोराहरु आ–आफ्नै तरिकाले हिडेपछि उनि एक्लिएकी थिईन् । बृद्धा भत्ताको साहारामा बाँचेकी मगरलाई उपचारको लागि ठुलो रकम अभाव परेको छ ।

टोल विकासकी अध्यक्ष राईका अनुसार पछिल्लो समय थप ४० हजार आर्थिक संकलन भएको जनाईन् । आफ्नो सामाजिक संञ्चालबाट मगरको लागि देश बिदेशमा रहेको नेपालीहरुलाई सहयोगको माग गरिरहेको उनले जनाईन् । संकलन भएको पैसा हस्पिटल पठाईने राईको भनाई छ । उनले थप सहयोग गर्न सबैसामु अपिल समेत गरेकी छिन् । सहयोग गर्ने इच्छा भए गिता राईको फो न 9852831315 सम्पर्क गर्न सकिने छ । छरछिमेक र आफन्तले सहयोग नगरे मगरको उपचार असम्भव हुने अवस्था छ । परिवार बिहिन बेसाहारा मगरलाई मानवताको हिसावले सबैले सकेको आर्थिक सहयोग गरी बचाईदिन साकेला टोल विकास संस्थाको अपिल छ ।

