Sunday, May 3News That Matters

माओवादी मजदुर पार्टीको केन्द्रीय कमिटी बिघटन

पूर्णपुष्टि, वैशाख ५ । माओवादी मजदुर पार्टीको केन्द्रिय संगठन समिति विघटन भएको छ । पार्टीका महासचिव हिमाल शिंह राईले मंगलबार एक विज्ञप्ती निकाल्दै समिति विघटन गरिएको जानकारी दिए ।

राईले नयाँ शान्तिपूर्ण कमिटी गठन गर्ने भन्दै पुराना कमिटी बिघटन गरेको जानकारी दिए । राईलाई चैत्र ३० गते शुक्रबारका दिन प्रहरीले पक्रेर ४ दिन हिरासतमा समेत राखेका थिए । चन्दा उठाउँदै हिडेको आरोपमा राईलाई प्रहरीले पक्राउ गरेका थिए । उनले किसानहरुको आवाजका लागि खोलिएको पार्टीमाथी सरकारको शक्ति प्रदर्शन खेद जनक रहेको जनाए । नेपाली जनताहरुलाई भ्रममा पारेर सरकारले जुटको खेती गरिरहेको आरोप लगाउँदै यसको बिरोधमा निरन्तर उत्रिरहने राईले जनाए । उनले आफ्नो अर्को कमिटी निर्माण पश्चात सरकार र सरकारका भ्रष्ट शक्तिहरु प्रति निरन्तर आवाज जारी राख्ने जनाए । राईलाई बैशाख ३ गते हिरासतबाट निकालिएका थिए । पत्रकार हरि कुमार राई, गजेन्द्र राई, माओवादी नेता मणि खम्वु पत्रकार भोटराज राई लगायतको रोहबरमा राईलाई प्रहरीले छाडेका थिए । उनले आफु पनि नेपालको कानुन मान्न तयार भएको मानिरहेको तर सरकारको ज्याजति बिरुद्ध आवाज उठाउँदा पटक पटक प्रहरीले गिरफ्तार गरिरहेको जनाए ।