
पूर्णपुष्टि,फागुन १५ । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जाने अनुमति दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुँडालको संयुक्त इजलासले सोमवार सन्दीपलाई विदेशमा भैरहेको प्रतियोगितामा जान अनुमति दिएको हो ।
अदालतले सन्दीपलाई आईसीसी विश्वकप लिग–२ को यूएईमा भइरहेको क्रिकेट प्रतियोगितमा सहभाती भएर फर्किएपछि १५ दिनभित्र जिल्ला अदालतमा जानकारी गराउन आदेश दिँदै उनको पासपोर्ट निलम्बन गरिएको भए फुकुवा गर्न पनि भनेको छ ।
नेपाल क्रिकेट टोलीको सदस्यको रूपमा जान अनुमति पाऊँ भन्दै लामिछानेले दिएको निवेदनमा सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो । यसअघि धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकारी पक्षले पुनरावेदन गरेको थियो ।
