Tuesday, April 28News That Matters

खाना परिकार महोत्सव : जातजाति परिकारलाई प्राथामिकता

पूर्णपुष्टि, २ पुष ।
सोमवारदेखी गाईघाटमा सुरु भएको दोस्रो खाना परिकार मेलामा आदिवासी जनजातिका परिकारहरुलाई प्राथामिकता दिईएको छ । सामूहिक प्रतिबद्धता र सहकार्यको थालनी, लोक संस्कृतिको जगेर्ना, होमस्टेको अवधारणा अनुसार संस्कृतिक तथा धार्मिक सद्भाव जस्ता उदेश्य संञ्चालन गरिएको महोत्सवमा जातजाति परिकार भरिभराउ छ । नेवार, थारु, राई, दनुवार भुजेल लगायत समुदयहरुले आफ्नो पुख्र्यौली र रैथाने खाना परिकार प्रदर्शन गरेको छ । नेवारी परिकार छोईला, कचेला, चटामरी जस्ता प्रख्यात खाना महेत्सवमा राखिएको छ भने थारुको घुँगी, बगिया, राईको लोकल रक्सी, चाम्रे, रोटी, सुँगुरको मासु, लोकल भाले परिकार हुँदा यता दनुवारहरुको अन्डी महोत्सवमा देख्न सकिन्छ । महोत्सव पुष १ देखी ८ सम्म संञ्चालन हुने छ । महोत्सवको मुख्य आकार्षणको रुपमा आदिवासी जनजातिको खाना परिकार, मनोरञ्ज सँगै झाँकी प्रदर्शन रहेको छ ।