Monday, April 20News That Matters

खुकुरी हानाहन गरी घाईते भएका दुवैलाई एउटै हेलीबाट अस्पताल लगियो

पूर्णपुष्टि, असोज १३
रुकुम पश्चिममा दुई समूह बिच खुकुरी हानाहान भएको छ । खुकुरी हानाहानबाट दुवै समुह बाट एकएक जना घम्भिर घाईते भएको छ । घम्भीर घाईत दुवै समुहका बिरामीलाई बिहिबार एउटै हेलीबाट सुर्खेत लगिएको छ । बुधबार दिउँसो चार बजेतिर आठबिसकोट नगरपालिका वडा नं. ३ खदी रानीवनका २३ वर्षीय कर्णबहादुर बोहोरामाथि एक समूहले आक्रमण गरी गम्भीर घाइते बनायो ।

फेरी त्यहि दिन करिब तीन घन्टा पछि बेलुका सात बजेतिर सोही ठाउँको सल्लेरीका ६२ वर्षीय लक्षे कामीमाथि अर्को एक समूहले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको थियो ।
‘सुरूमा पुरानो रिसइबीका कारण बोहोरोमाथि एक समूहले आक्रमण गरेको र त्यसपछि आक्रोशित बोहोरा पक्षले फेरि कामीमाथि खुकुरी हानेको देखिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक कपिलजंग शाहीले बताए ।
घटनापछि बुधबार बेलुका नै घाइतेलाई थप उपचारका लागि बाहिरी जिल्ला लैजान हेलिकप्टर मागिएको भए पनि मौसमका कारण अवतरण हुन नसकेपछि उद्धार असम्भव भएको थियो ।
बिहीबार बिहान करिब पौने आठ बजेतिर हेलिकोप्टर आएपछि दुबै घाइतेलाई एउटै हेलिकप्टरमा राखेर उपचारका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत लगिएको प्रहरी निरीक्षक शाहीले बताए ।
खुकुरी प्रहारबाट कामीको दुबै घुँडा र बायाँ पाखुरामा गहिरो घाउ लागेको छ भने खुकुरी प्रहारबाट बोहोराको अनुहारलगायत बायाँ हत्केलामा गहिरो चोट लागेको शाहीले बताए ।
शाहीले बोहोरोमाथि स्थानीय २४ वर्षीय गोपाल बिक, २१ वर्षीय बिष्णु कामी, २३ वर्षीय कृष्ण बिक र १८ वर्षीय महेन्द्र बिक लगायतले आक्रमण गरेको थियो ।
त्यस्तै कामीमाथि खदीका २३ वर्षीय नेत्र बोहोरा, २२ वर्षीय बिरे भण्डारी र २२ वर्षकै शान्ते भण्डारीले आक्रमण गरेको गरेको थियो ।
घटनामा संलग्न दुबै पक्षका आरोपी फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक शाहीले बताए ।