Monday, June 1News That Matters

खोटाङबाट गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएकी पहिलो महिला गरुणादेवी

पूर्णपुष्टि, जेठ २ गते ।
खोटाङमा जन्तेढुंगा गाउँपालिकाबाट अध्यक्ष पदमा पहिलो पटक महिला विजयी भएकी छिन् । नेकपा माओवादी केन्द्रकी अरुणादेवी राईले एमालेबाट निर्वाचित निर्वतमान अध्यक्ष शंकरबहादुर राईलाई पराजित गरेकी हुन् ।
अरुणादेवीले २ हजार ८ सय ८१ मत ल्याउँदा एमालेका राईले १ हजार ५ सय ७५ मत ल्याएका थिए । हालसम्म निर्वाचित जनप्रतियिधिमा अरुणादेवी गाउँपालिका प्रमुख जित्ने पहिलो महिलासम्मत हुन् । यहाँ नेपाली कांग्रेस र माओवादीले तालमेल गरेका थिए । उपाध्यक्ष पनि गठबन्धनबाट नेपाली कांग्रेसका खेमबहादुरर २ हजार ८ सय ५ ल्याएर निर्वाचित भएका छन् । उनीसँग एमालेकी विमला राई २ हजार ४ सय ९५ मत ल्याएर पराजित भए ।