Thursday, April 23News That Matters

खोलामा डुबेर दुई बालबालिकाको मृत्यु

पूर्णपुष्टि, साउन ७ । सुनसरी र मोरङमा खोलामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। मृत्युु हुनेमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ का बिष्णु परियारकी ७ वर्षीया छोरी बिबिशा परियार र मोरङको सुनवर्षी नगरपालिका–७ सुकुम्बासी टोलका श्रीकुमार रिषिदेवका ९ वर्षीय छोरा अमन रिषिदेव रहेको छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रहरी प्रवक्ता भीम बहादुर दाहालका अनुसार बिबिशा परियारको सुनसरी खोला छेउमा खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको र अमन रिषिदेव मरिया खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। दुवै घटनाको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।