Wednesday, April 22News That Matters

लागुऔषध सहित ५ जना पक्राउ

पूर्णपुष्टि, साउन ७ । मोरङ, झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–१७ का ३२ बर्षीय जीवन राई, २५ बर्षीय मनिष लिम्बु, झापाको मेचीनगर नगरपालिका–६ बाट १९ वर्षीय निर्दोश डाँगी, विराटनगर–१६ का २० वर्षीय जिवछ खत्वे र मोरङ उर्लावारी–४ का ३३ वर्षीय सबिन बुढाथोकी रहेका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रहरी प्रवक्ता भीम बहादुर दाहालका अनुसार साँझ सुनसरीको जीवन राई र मनिष लिम्बुलाई ट्रामाडोल ८२० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । यसैगरी मेचीनगर नगरपालिका–६ स्थितमा भारतबाट नेपाल आउदै गरेका निर्दोश डाँगीलाई ३ ग्राम ५ सय २० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो भने विराटनगर–१६ स्थितबाट जिवछ खत्वे र सबिन बुढाथोकीलाई नाईट्रोजेपाम ३० चक्की सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।