Tuesday, June 2News That Matters

गठबन्धनबाट त्रिगुगा -११ मा कालिदास राई (किसन) काे टिकट निश्चित

पूर्णपुष्टि, वैशाख १२ ।
गठबन्धनकाे तर्फबाट त्रियुगा – ११ वडामा नेकपा (एस) काे नगर सचिवालय सदस्य  कालिदास राई (किसन) काे वडाध्यक्ष पदमा निश्चित भएकाे छ ।
गठबन्धनकाे तर्फबाट निर्णय टुङ्गाे लगाउदै आज ११ नं. वडा नेकपा एसकाे भागमा परेकाे हाे । नेकपा एसले  युवा समाजसेवी तथा पार्टिका नगर सचिवालय सदस्य राईलाई टिकट दिएकाे हाे ।
पार्टिप्रति ईमान्दार तथा समाजसेवामा समर्पित युवा उनले आफ्नाे देश-विदेशसम्मकाे कार्य अनुभवलाई वडाबासीकाे हितमा काम गर्ने प्रतिबद्धता गरेका छन् ।
वडाकाे नेतृत्व गर्न पाएमा गाईघाट बजारकाे सरसफाई, बजार ब्यवस्थापनसंगै सिङ्गाे वडाकाे शिक्षा, स्वास्थ्य, युवा राेजगार, कृषि, पर्यटनमा जाेड दिने उनले बताए । साथै खेलकुद, साहित्य, मनाेरञ्जनकाे क्षेत्रमा विशिष्ट ढंगले काम गर्ने बताए । गाईघाटबजार सिङ्गाे जिल्लाकाे मुटु, कन्द्र रहेकाे र याे सिङ्गाे जिल्लाकै मानिसकाे भावनासंग जाेडिएकाेले ती भावनाहरु समेटिने गरि काम गर्ने बताए ।  साथै गठबन्धनकाे राजनितिक उद्देश्य पूरा गर्न तत्परता रहेकाे बताए ।