Monday, April 20News That Matters

गणतन्त्र दिवसमा उदयपुरका सहिद परिवार, जेल भाेगेका र जग्गादातालाइ सम्मान

पूर्णपुष्टि, जेठ १५ ।
नेकपा माओवादी (केन्द्र) त्रियुगा नगरले १७ औं गणतन्त्र दिवसको अवसरमा शहिद परिवार, जेलबन्दी र जग्गादातालाई सम्मान गरेको छ । शहीद परिवारहरुलाई सम्मान गरिएको थियो । शहिद घनश्याम खड्काका दाइ टेकेन्द्र खड्का, प्रकाश खड्काका दाजु ज्ञानेन्द्र खड्का, डम्बरबहादुर कार्कीको दिदि दुर्गा कार्कीलाई सम्मान गरेको हो । त्यसैगरी जनयुद्धकालमा जेलबन्दी जीवन विताएका प्रेस सेन्टर नेपाल उदयपुरका संस्थापक अध्यक्ष तथा केन्द्रिय सदस्य हरिकुमार राई, दानी प्रसाद चौधरी, दुर्गा कार्की, मैया खड्का र रुक्मीनी खड्कालाई सम्मान गरेको हो । त्यसैगरी पार्टीको कार्यालयका लागि जग्गादाताहरु दानीप्रसाद चौधरी र मोहम्मद जिब्राइल मियालाई पनि सम्मान गरेको हो । चौधरीले जिल्ला पार्टी कार्यालयका लागि एक कठ्ठा जग्गादान गरेका थिए भने मियाँले १२ नं. वडा पार्टी कार्यालयका लागि पाँचधुर जग्गादान गरेका थिए ।
पार्टी कार्यालय गाईघाटमा आयोजित कार्यक्रममा गणतन्त्र दिवसको महत्वको बारेमा चर्चा गरिएको थियो । सो अबसरमा पार्टी गतिविधि समिक्षा तथा पार्टीलाई योगदान पुर्याउने र जेल बसेका विभिन्न ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । पूर्वेली संगठन सुदृढिकरण अभियानसंगै दिवस मनाइएको हो ।
अभियान संयोजक एवम पार्टीका बैकल्पिक सदस्य तथा संविधानसभा सदस्य मोहन खत्रीको प्रमुख आतिथ्य तथा पार्टी सल्लाहकार मिनबहादुर ज्यु ठकुरीको विशेष आतिथ्य, कोशी प्रदेश सांसद सम्झना तामाङ (योद्धा), प्रदेश सदस्य तथा त्रियुगा नगर इन्चार्ज विमल किराँतीको आतिथ्यमा कार्यक्रम भएको थियो ।
शहिद परिवार र जेलजिवन विताएकाहरुले विगतको आप्mना अनुभव सुनाउदै योद्धा तथा शहिदहरुको योगदानलाई भुल्न नहुने बताए । कार्यक्रममा विभिन्न जनवर्गिय संगठनका प्रतिनिधिहरुको पनि उपस्थिति थियो । उक्त अवसरमा विभिन्न पार्टीबाट तीनजनाले पार्टी प्रवेश गरेका थिए । नगर अध्यक्ष मानबहादुर राइले उदयपुरमा गणतन्त्र दिवसलाइ भब्यरुपले मनाइएकाे बताए । कार्यक्रमकाे सन्चालन नगर सचिव कुरुङ राइले गरेका थिए ।

फाेटाे फिचर