Wednesday, June 17News That Matters

गर्मीको खडेरीमा त्रियुगा नगरपालिकाले घरमै दम्कल मार्फत पानि पुर्याउदै

पूर्णपुष्टि,जेष्ठ २५ । पछिल्लो एक हप्ता यता जिल्लाको सदरमुकाम गाईघाट आसपासको क्षेत्रहरुमा प्रचण्ड गर्मीको कारण जनजिवन प्रवाभित बन्दै गएको छ । सोही अनुरुप त्रियुगा नगरपालिकाले गर्मी बढेपछि पानीको खडेरीलागेका क्षेत्रहरुमा नगरपालिकाको दम्कलमार्फत एक घर बरावर ५ सय देखि १ हजार लिटर सम्म पानी उपलब्ध गराएको हो ।

वडा नं.९ का ट्युववेलबाट खानेपानी प्रयोग गर्ने अधिकांस स्थानीयहरु खडेरीले गर्दा ट्युववेल सुकेर खानेपानीको हाहाकार मचिएको छ । घरमा खान र अन्य काममा प्रयोग गर्ने पानीको हाहाकार मचिए पछि नगरपालिकाले पानीको अभाव झेलीरहेका घर परिवारलाई दमकलमा पानि पठाएर समाधानको प्रयास थालेको छ ।

विगत लामो समय देखि यस क्षेत्रमा खानेपानीको समस्या हुने गरको स्थानीयहरु बताउँछन् । खानेपानी आयोजना मार्फत खानेपानी पुर्याउने उदेश्यले योजना सुचारु गरिएको भए पनि संघीय र प्रदेश सरकारले बजेट अभाव देखाउदै बजेट ब्यबस्थापन नगरिदिँदा गैरुन,रातमाटे,लिफ्टिंगका यहाँका स्थानीयले समस्या झेल्नु परेको अवस्था छ । स्थानीय स्रोत र साधनले ठुलो योजना सम्पन्न गर्न नसकिने नगर प्रमुख बसन्त कुमार बस्नेतले बताए । संघ र प्रदेश सरकारले बजेटको व्यबस्था नगरिदिदा निर्माणाधीन नगरका आधादर्जन योजना अलपत्र परेको उनले बताए ।